लकडाउनपछि मोबाइल फोनको बिक्री झन् बढ्यो

लकडाउनमा अन्य व्यवसाय ओरालो लागेपनि मोबाइलको बिक्री राम्रो नै रहेको व्यवसायीहरूले बताउँदै आएका छन्। लकडाउनको समयमा अनलाइन कक्षा र अन्य कार्यालयका कर्मचारीले पनि घरमै बसेर आफ्नो कार्य गर्ने भएकाले मोबाइल फोनको माग बढ्यो। भौतिक पसल बन्द भएपनि अनलाइन स्टोरबाट मोबाइल फोन बिक्री भयो। नेपालमा विभिन्न ब्राण्डका मोबाइलले नेपाली बजार कब्जा गरेका छन्। साम्सुङ, याप्पल, हुवावे, सावोमी, ओप्पो, भिभो, लिनोभो आदी प्रचलित ब्राण्ड हुन्। मोबाइल व्यवसायीहरूका अनुसार अहिले नेपाली बजारमा सर्बाधिक बिक्री हुने मोबाइल फोन सावोमी रहेको छ र यस्को प्रमुख कारण भनेको सस्तो दरमा राम्रो बिशेषता भएकाले हो । भर्खरै नेपालमा सावोमी को रेडमी नोट ९ सार्बजनिक भएको छ जस्लाई ग्राहकहरुले बिशेष मनपराउनु भएको छ । यसमा ४ जिबी रयाम र १२८ गिबी स्टोरेजको सुबिधा छ भने फोटो खिच्नको लागि यसमा ४८ मेगापिक्सलको क्यामेरा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *