साउनमा किन प्रयोग गरिन्छ हरियो रङ्ग?

काठमाडौँ। हरियो रङ्गको साउन महिनामा विशेष महत्व छ। किनकी साउन महिना वर्षा ऋतुको महिना हो। साथै साउनमा चारैतिर हरियाली छरिएको हुन्छ। हरियो रङ्गलाई खुशी र समृद्धिको प्रतीकको रुपमा मानिन्छ। धार्मिक रीति रिवाजमा हरियो रङ्ग बिना गरेमा शुभकार्य अधुरो मानिन्छ।

साउनमा हरियो चुरा लगाउँदा महिलाहरूको भाग्योदय हुने विश्वास रही आएको छ। साथै समृद्धिको निशानी पनि भनिन्छ। धार्मिक मान्यता अनुसार यस महिनामा हरियो रङ्गको प्रयोग गर्दा र लगाउँदा भाग्य चम्कन्छ। जहाँ प्रकृतिको हरियो रङ्ग देखिन्छ त्यहाँ मनले शान्ति र शीतलता महसुस गर्दछ। यो रङ्गले सुख शान्ति र स्फूर्ति उत्पन्न गराउँछ। हरियो रगले हाम्रो मन र बुद्धिमा फरक–फरक तरिकाले प्रभाव पार्छ। यसलाई बुद्धिको प्रतीकको रुपमा मानिन्छ र यसले स्वास्थ्यमा पनि राम्रो प्रभाव पार्छ।

हरियाली वातावरणमा बसेर काम गर्ने व्यक्तिको रचनात्मक शक्ति बढ्छ। हरियो रङ्गले सकारात्मक उर्जा दिई तनाव भगाउने र डिप्रेसनबाट बचाउन मद्दत गर्दछ। यसलाई सौभाग्यको प्रतीक मानिन्छ। यो रङ्गले रोगी मानिसहरूलाई पनि छिटो ठिक पार्छ। यसले मानसिक शान्ति दिएर दिमाग सम्बन्धित समस्याबाट पनि राहत दिन्छ। हरियो रङ्ग धेरै मानिसहरू मन पर्छ यो रङ्गले मानिसलाई प्रकृतिको नजिक लैजान्छ।

साउन महिनामा महिलाहरूले नाडीमा हरिया चुरा, मेहन्दी लगाउने गर्छन्। धर्मशास्त्र अनुसार हरियो रङ्ग बुध ग्रहका प्रतीक हो। बुध ग्रह व्यापार र भविष्यसँग जोडिएको हुन्छ। अतः हरियो रङ्ग लगाउँदा बुध प्रसन्न भएर आशिष दिन्छन्। प्रकृतिलाई ईश्वरको रूप मानिन्छ र पुजा पनि गरिन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *